भारतले आईएससँग लड्नुपर्ने ट्रम्पको भनाइ

Share:

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध भारतले लडाईं गर्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अफगानिस्तानमा आतंकवादी संगठनसँगको लडाईंमा भारत, रुस, टर्की, इराक र पाकिस्तानले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ट्रम्पले गुनासो गर्दै सात हजार माइल टाढा रहेको अमेरिकाले अफगानिस्तानमा आतंकवादीहरूका विरुद्ध कारवाही चलाइरहेको अनि अन्य देशले चाहिँ पटक्कै सहयोग नगरिरहेको बताए ।

इराक र सिरियामा आफ्नो कब्जा गुमाएपछि आतंकवादी संगठन आईएस अफगानिस्तानमा पकड बलियो बनाउन खोज्दैछ । अफगानिस्तानमा केही दिनअघि एउटा आत्मघाती आक्रमणमा ६३ जनाको मृत्यु हुँदा आईएसले त्यसको जिम्मा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: