
तनहुँ – प्रतिबन्धित नेकपा (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष ममता रुचाललाई प्रहरीले पक्राउ गरेको छ। पार्टीको जिल्ला सदस्य समेत रहेकी उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
व्यास नगरपालिका–११ बाट रुचाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। तनहुँबाट प्रहरीले हालसम्म विप्लवका १६ जना कार्यकर्ता पक्राउ गरिसकेको छ।
पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ। निगरानीमा परेसँगै रुचाललाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
कमेन्ट गर्नुहोस्
