फेरी बढ्यो सुनको मूल्य

Share:

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: