पीएसजीको जित,एम्बाप्पे र काभानी घाईते

Share:

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आईतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले हरायो ।

खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र ईडिसन काभानी घाईते भएका छन् । खेलको १४ औ मिनेटमा काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए । एम्बाप्पे समेत दोस्रो हाफमा थाईमा समस्या आएपछि मैदान छाडेका थिए ।

एन्जल डी मारियाले पेनाल्टी खेर फाल्दा समेत घरेलु मैदानमा पीएसजीले सहज जित निकाल्न सफल भयो । मुख्य खेलाडी नेयमारबिनै मैदान उत्रिएको पीएसजीलाई चौपो मोटिङले ५० औ मिनेटमा सुरुवाती अग्रता दिलाए ।

पीएसजी ३ खेलबाट ६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । टुलुज ३ खेलबाट ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: