कुखुरा फर्ममा आगलागी,चल्लाहरू जलेर नष्ट

Share:

महोत्तरी । महोत्तरीको गौशला नगरपालिका–६ फुल्काहामा रहेको एक कुखुराको फर्ममा आज (शुक्रवार) बिहान आगलागी भएको छ । स्थानिय शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट हुँदा २ लाख ५० हजार बरावरको क्षति भएको छ ।

कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगलागीपछी इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । आगो किन र कसरी लागेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: