करेन्ट लागेर महिलाको मृत्यु

Share:

वीरगञ्ज । करेन्ट लागेर वीरगञ्ज महानगरपालिकाको रानीघाटमा एक जना महिलाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाइते भएकी दासलाई नारायणी उपक्षेत्रिय अस्पताल पु¥याएको थियो । अस्पतलमा उपचारको क्रममा उनको निधन भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: