अमेरिकामा गोली चलाउँदा पाँच मारिए

Share:

टेक्सस । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् । एक जना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली चलाउँदा पाँच जना मारिएका हुन् ।

टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ। गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
Share: