पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रो तनहुँमा पल्टियो, चालक घाइते

Share:

तनहुँ । तनहुँमा माइक्रो बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडामा आइतबार बिहान भएको दुर्घटनामा माइक्रो चालक घाइते भएका हुन् ।

पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको ग १ ख २९७० नं माइक्रो बस दुर्घटना हुँदा चालक गोरखा आरुघाट गाउँपालिका ३ बस्ने ३६ वर्षीय धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । माइक्रो सडक छेउको नालामा पल्टिएको हो।

गुरुङको अनुहार र ढाडमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते गुरुङलाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: