
हेमजा । विष्णुपादुका क्लबको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा हेमजा तिज मेला सोमबार सम्पन्न भएको छ ।
खुला तीजगीत प्रतियोगितामा १३ समूहलाई पछि पार्दै राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा नमूना आमा समूह द्वितीय, आर्वा आमा समूह तृतीय र लोकदोहोरी इकाइ हेमजा तथा माछापुच्छे« सेवा समाज सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान हुन सफल समुहले क्रमशं २१ हजार १ सय ११, १५ हजार५ सय ५५,े ७ हजार ७ सय ७७ र ४ हजार ४ सय ४४, १० हजार, ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन ।
त्यस्तै उत्कृष्ट स्वरतर्फ स्नो भ्यू बोर्डिङ स्कूल, भेषभूषामा सिद्घिविनायक आमा समूह र नृत्यमा विन्देश्वरी आमा समूह भएका छन । उक्त समुहले २ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरे । त्यसै गरि शान्ति आमा समूह अनुशासित टिम घोषित भएको छ । त्यस अवसरमा हेमजामा रहेका आमा समूहमध्येबाट सामाजिक कार्य सम्पादनको आधारमा तीन उत्कृष्ट समूहलाई दोसल्ला र सम्मानपत्रले सम्मान पनि गरिएको छ । सम्मानित हुनेमा देवीस्थान आमा समूह, इन्द्रेणी आमा समूह र मिलन आमा समूह छन् । उक्त अबसरमा घैटो फुटाउने प्रतियोगिता पनि भएको थियो उक्त प्रतियोगितामा हेमजाका अभिनभ थापाले फुटाउन सफ भए । उनलाइ आकर्षक पुरस्कारले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नर्सिङ क्याम्पस प्रमुख नीता ताम्राकारले तिजको शुभकामना दिदै यहिले भड्किलोपन कम हुदै गएको बताइन । उनले तिज भारतका महिलाले पनि तिज मनाउने भएता पनि यसरि आफनो प्रस्तुती देखाउने नेपाल भएको र तिज भनेको नारिको लागी आफनो क्षेमता देखाउने चाड भएको उल्लेख गरिन् ।
कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिना, क्लब अध्यक्ष कृष्ण खड्का, महिला सञ्जाल अध्यक्ष रमा त्रिपाठी, सामुदायिक सेवा केन्द्रकी अध्यक्ष विष्णु बास्तोला लगायतले भनाइ राखेका थिए । प्रतियोगितामा कलाकार सरला पाण्डे, रीता कार्की कुँवर, गंगा त्रिपाठी र आरती अधिकारी निर्णयक थिए । त्यस्तै सरला पाण्डे, गंगा त्रिपाठी, आरती अधिकारी, कोपिला कार्की, पोषराज पौडेल लगायतले प्रस्तुति राखेका थिए ।
प्रतियोगिता संयोजक सिर्जना सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य उमा त्रिपाठीले स्वागत तथा भगवती बचगाई र सीता कार्कीले संचालन गरेका थिए ।

