डेंगुबाट चितवनमा चारको मृत्यु

Share:

चितवन – डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: