काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी-ट्वान्टी र एकदिवसीयको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । टी-ट्वान्टी वरियतामा नेपाल एसोसियट राष्ट्र मध्य शीर्ष स्थानमा रहेको छ । टी-ट्वान्टीमा नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ ।
एकदिवसीयमा नेपालले अाठ खेलबाट १५२ रेटीङ पाएको छ ।यस्तै एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्


