यस्तो छ कतारमा हुने आगामी फिफा विश्वकपको लोगो

Share:

एजेन्सी । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो ।

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो । सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ ।

सन् २०२२ नोभेम्बर २१मा सुरु हुने प्रतियोगिताको फाइनल खेल सन् २०२२ डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: