विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

Share:

दाङ । दाङमा विषालु सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा निवासी ७ वर्षकी गोमा वलीको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार राति घरमा सुतेको समयमा विषालु सर्प (गराइज) ले डसेको हो । वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: