बलियो टोली कुवेत विरुद्व खेल्दै नेपाल

Share:

पोखरा । विश्वकप फुटबलको छनौट खेलमा नेपालले आज राती कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ । विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । त्यसैले फिफा वरियतामा आफू भन्दामाथि रहेको कुवेतविरुद्व जित हासिल गर्न नेपाललाई सहज छैन ।

दुई देशविबीच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी भएको छ । यस्तै एक खेल बराबरीमा साकिएको छ । यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: