
काठमाडौं – जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ ।उनी केही समययता बिरामी थिए । सन् १९८० देखि १९८७ सम्म प्रधानमन्त्री र सन् १९८७ देखि २०१७ सम्म उनी राष्ट्रपति थिए ।
जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनांगाग्वाले उनको मृत्युको खबर ट्वीटमार्फत दिए । मुगाबेले जिम्बाब्वेलाई स्वतन्त्र बनाउने आन्दोलनमा भाग लिएपछि ३७ वर्षसम्म शासन चलाएका थिए ।
कमेन्ट गर्नुहोस्
