अन्जानको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा चाइनिज ताइपेइ २-० ले पराजित

Share:

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बिजयी हात पारेको छ ।

मंगलबार ताइपे स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

नेपालका लागि अन्जन बिष्टले उत्कृस्ट प्रदर्शन गरेका थिए। नेपालको लागि दुवै गोल गरेका बिष्ट नायक बने । खेलको तेश्रो मिनेटमा पाएको फ्री किकमा अन्जानले हेडर मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अगि रहेको नेपालले दोश्रो हाफमा पुन एक गोल थप्दै २-० को जित हात पारेको हो । खेलको दोस्रो हाफको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा भने नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: