नवलपरासीमा यात्रुबाहक बसमा आगलागी

Share:

नवलपरासी । नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो।

बसमा सवार यात्रुहरु सकुसल रहेको र आगलागिबाट बस भने पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन।

बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी टोली पुगेर आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: