
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगजानी गरेको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीनओटा जेसिभिमा अज्ञात समुहले आगजानी गरेको हो ।
बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएको तीनओटै जेसिभी जलेर नष्ट भएको प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आगलागी किन र कसले गरेको हो भन्ने खुलेको छैन । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको जनाइएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । आगजनी गर्नेको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
