
एजेन्सी।२०१४ मा हंगकंग टीमका लागि डेब्यु गरेका क्रिकेटर अन्सुमन रथले हंगकंग टीमबाट नखेल्ने घोषणा गरेका छन्। २१ वर्षीय रथले टि–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेकाे हंगकंगको टीममा समेत आफ्नो नाम टिपाएका छैनन्।
भारतीय मुलका रथ अब भारत फर्कने बुजिएको छ। हंगकंगबाट रथले १८ एकदिवसीय र २० टि–ट्वान्टी खेल खेलेका छन् । रथले आफूलाई अवसर दिएकोमा हङकङ क्रिकेट बोर्डलाई धन्यवाद भनेका छन् ।
तर, उमेरसमूह देखि सिनियर टोलीसम्म हुँदै कप्तान रहेका रथले आगामी दिनका लागि हङकङको टोलीलाई शुभकामना समेत दिएका छन् ।रथले रणजि ट्रफि र २०२० को आइपीएल खेल्ने बुजिएको छ ।
कमेन्ट गर्नुहोस्
