
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कारमा गएराती अज्ञात समुहले आगजनी गरेको छ। नगरपालिकाको वडा नं ६ मा बस्दै आएका सिंहको गाडी पार्किङ गरेर राखेको अबस्थामा आगजनी गरिएको हो ।
आगजनी बाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले जानकारी दिएका छन् ।
वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको जानकारी दिएको प्रहरीले जनाएको छ। प्रहरीले आगजनी गर्नेको खोजी कार्यलाई तिव्र पारिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
