
महोत्तरी । महोत्तरीको भंगहानगरपालिका–५ मा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगहानगरपालिका–५ बस्ने सुरजा सरदारकीपत्नी उर्मिलादेवी सरदार रहेको जिल्लाप्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहीबार राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी उर्मिलालाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहाजिल्लाको कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंशउपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमहिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र शव परीक्षण गरिसकेपछि आज परिवारजनलाई बुझाइने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
