
एजेन्सी । लुईस स्वारेजको दुई गोलमा बार्सिलानाले स्पेनिस लिगमा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अंशु फाती, डी जोङ र जेरार्ड पीकेले समान एक एक गोल गरेका थिए । भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान एक एक गोल गरेका थिए ।
बार्सिलोनाका फातीले एकै खेलमा गोल र एसिस्ट गर्ने ला लिगाका कान्छा खेलाडि बनि नंया रेकर्ड गराएका छन् । बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
कमेन्ट गर्नुहोस्
