क्लब स्तरीय महिला, पुरुष तथा प्रौढ भलिबल प्रतियोगिताको हुने

Share:

पोखरा । आफ्नो तेस्रो वार्षिकोत्वसको अवसरमा पोखरा भलिबल प्रशिक्षण केन्द्रले क्लबस्तरीय महिला, पुरुष तथा प्रौढ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम र द्धित्तीय हुने टिमलाई नगद क्रमशः ५५ हजार ५ सय ५५ र ३५ हजार ५ सय ५५ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यस्तै गरी महिलातर्फ प्रथम तथा द्धित्तीय हुने टिमले नगद क्रमशः २० हजार र १३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै गरी प्रौढतर्फको प्रतियोगितामा प्रथम हुनेले र द्धित्तीय हुने टिमले १/१ वटा खसी सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका ३ नदीपुरमा रहेको छन्त्याल समाजको प्रांगणमा हुने प्रतियोगितामा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती तथा हाँस्य व्यङ्ग्य प्रहसन समेत हुने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: