
काठमान्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीको माग गरेको छ। बैंकले केन्द्र तथा प्रदेशका कार्यलयमा गरी ५ सय २ जना कर्मचारी माग गरेको छ।
सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहायक पदमा बैंकले कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत १ सय ४१ जना, प्रदेश नम्बर १ को कार्यालयअन्तर्गत २५ जना, प्रदेश नम्बर २ को कार्यालयअन्तर्गत ३१ जना, प्रदेश नम्बर ३ को कार्यालयअन्तर्गत १ सय ६७ जना, गण्डकी प्रदेशको कार्यालयअन्तर्गत ५४ जना, प्रदेश नम्बर ५ को कार्यालयअन्तर्गत ३७ जना, कर्णाली प्रदेशको कार्यालयअन्तर्गत २८ जना र सुदूरपश्चिम प्रदेशको कार्यालयअन्तर्गत ११ जना कर्मचारी माग गरेको छ ।
बैंकले कनिष्ठ सहायकका लागि न्यूनतम प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेकोदेखि सहायक प्रबन्धक पदमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता माग गरेको छ । बैंकले माग गरेको पदमा असोज १९ गतेसम्म आवेदन पेश गर्न सकिने जनाइएको छ ।
