
काठमाण्डौ। प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । संसदमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताले बाँके घटना घटाएको बताएपछि संसदमा बिरोध भएको थियो।
भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको थियो ।
कांग्रेसले करिब आधा घण्टासम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बुधबार बिहान ११ बजे अर्को बैठक बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
