
३० भदौ, पोखरा । पोखराको महेन्द्रपुलमा रहेको एभरेष्ट इन्सटिच्यूट अफ होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । सोमबार एक कार्यक्रमकाबीच संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । हाल संस्थामा होटेल सम्बन्धि विभिन्न कक्षाहरु सञ्चालनमा रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं १३ र इन्सटिच्यूटको संयुक्त आयोजनामा एक महिने कुक तालिम सम्पन्न भएको छ । सोमबार इन्सिटिच्यूट तेस्रो वर्षमा लागेको अवसरमा आयोजित कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले वडा सधैँ जनसेवामा तत्पर रहने बताए । उनले देश बनाउने जिम्मा युवाको काँधमा रहेकाले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बोल्दै इन्सटिच्युटका म्यानेजिङ डिरेक्टर महेश श्रेष्ठले व्यवहारमा उतार्न सके तालिम निकै फलदायी हुने बताए । उनले भने, ‘व्यवहारमा उतारे यस्ता तालिम मार्फत स्वरोजगार बन्न सकिन्छ ।’ श्रेष्ठले आउने दिनहरुमा समेत विभिन्न विषयमा तालिम सञ्चालन गरिने जानकारी दिए ।
प्रशिक्षार्थीका तर्फबाट बोल्दै प्रतिक्षा पौडेलले सिक्नु अपरिहार्य रहेको र सिक्न पाउँदा खुसि लागेको बताइन्। साथै उनले हातमा दिएको सीपलाई जीवनपयोगी गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
यस्तै अर्की विद्यार्थाी स्वस्तिका भट्राइले जीवनउपयोगी सीप सिक्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरिन् । तालिममा सहभागिलाई फास्ट फुड बनाउन सिकाइएको थियो । सो तालिममा ४० जना युवा सहभागि भएका थिए ।

