
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले समाज भड्काउने किसिमका गतिविधि भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभाको आज काठमाडौँमा उद्घाटन गर्दै उनले समाजमा हुने उच्छ्रिङ्खल गतिविधिले मुलुकलाई नै विभाजन गर्ने बताएका छन् ।
यस्ता गतिविधि हुन नदिन प्राज्ञहरुहरूसंग उनले नयाँ पिँढीलाई दीक्षित गरि आफुलाई सहयोग गर्न आग्रह गरेका छन् । मन्त्रि भट्टराईले प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गरे त्यस्ता गतिविधिले बढावा नपाउने समेत स्पष्ट पारे ।
‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ उनले भने, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’
मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए । उनले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिए ।
