
पोखरा – पोखराको फेवातालमा एक युवकको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार ड्यमसाइड क्षेत्रमा बुधबार दिउँसो पुरुष मृत भेटिएका हुन् ।
अन्दाजी ४५ वर्षका उनको हालसम्म पहिचान खुल्न नसकेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोताखोरको टोलीले उनको शव तालबाट निकालेको थियो ।
‘उनी बिहानैबाट माछा मारिरहेका रहेछन्,’ स्थानीयको भनाई उदृत गर्दै डिएसपी शाहले बिगखबरसँग भने, ‘माछा मार्ने क्रममा एक्कासी हाम फालेको भन्ने कुरा छ ।’
उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घट्ना बारे थप अनुसन्धान गरिरहेको डिएसपी शाहले बताए ।
