वडा कार्यालयमा आगजनी

Share:

धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा बुधबार राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएकोे छ। कार्यालयभित्रै बस्ने कार्यालय सहयोगीका कारण आगजनीबाट ठुलो क्षति हुन नपाएको बताइएको छ । आगजनी गर्ने समुहको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: