
एजेन्सी । एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सलाई बराबरीमा रोक्न सफल भएको छ ।
हेरेराको गोलसंगै घरेलु टोली एट्लेटिको मड्रिडले युभेन्ट्सलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो । दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै एट्लेटिको मड्रिडले खेल बराबरीमा ल्याउन सफल भएको हो ।
जुआन क्वाडराडोले ४८ औ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाए । ६५ औ मिनेटमा ब्लाईज मटुडीले युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए । तर घरेलु टोली एट्लेटिकोले लगातार दुई गोल गर्दै खेल बराबरी गर्न सफल रह्यो ।
७० औ मिनेटमा स्टेफन साविकले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल गर्दै युभेन्ट्ससंग अंक खोस्न सफल भएका थिए ।
कमेन्ट गर्नुहोस्
