
काठमाडौं- यु–१८ साफ च्याम्पियनसिपमा आज (शुक्रबार) प्रतियोगिताको उद्घाटन खेलमा नेपाली युवा टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्सबीचको खेल शुरु हुनेछ ।
तेस्रो संस्करण शुरु भइरहँदा नेपालले पछिल्ला दुई संस्करणमा जीत हात पारेको थियो । यो संस्करणमा घरेलु मैदानमै हुन लागेको प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा नेपाली टोली रहेको छ ।
कमेन्ट गर्नुहोस्
