जनतालाई भ्रममा पार्ने गतिविधि तर्फ सबै सचेत हुनु पर्छ : प्रचण्ड

Share:

काठमाडौँ – संविधान दिवसको अवसरमा शुभकामना संदेश जारि गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी उल्ट्याउनका लागि केही अराजक तत्वहरु लागि परेको बताएका छन् ।

प्रचण्डले व्यवस्थाकै विरुद्ध लागि परेकाहरुले जनतालाई भ्रममा पार्न विभिन्न गतिविधि गरिरहेकाले त्यसप्रति सचेत हुनु पर्ने उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘ जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गरी सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

उनले नेपालको संविधानको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: