स्याङ्जाका नारायण दाङको होटलमा मृत भेटिए

Share:

स्याङ्जा । स्याङ्जा घर भई दाङमा व्यवसाय गर्दै आएका एक जनाको शव होटलमा फेला परेको छ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित स्वर्गद्वारी टोलमा रहेको निशा तन्दुरी होटलमा स्याङ्जा चापाकोट नगरपालिका १ का नारायण प्रसाद भण्डारी मृत फेला परेका हुन्।

उनी शनिबार साँझ तन्दुरी होटलमा मादक पदार्थ सेवन गरी सुतेको र आइतबार बिहान ६ बजे कोठमा हेर्दा मृत अवस्थामा भेटिएका थिए।

उनले घोराहीस्थित सब्जीमन्डी नजिकै बेबीशप पसल सञ्चालन गर्दै आएका थिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: