
काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल भुटानसंग प्रतिस्पर्धा गर्दै छ। समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।
नेपाल आज भुटानलाई हराउंदै सेमिफाइनल पुग्न चाहान्छ । हलचोकस्थित एपीएफको मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा नेपालले अंक खोस्न सके सेमिफाइनल पुग्ने छ।
पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।
नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।
कमेन्ट गर्नुहोस्
