
पोखरा । तपाईले अहिलेसम्म ५० केजीको बर्गर देख्नु भएको छ ? सायद छैन् होला । तर पोखरामा ५० केजीको बर्गर बनेको छ ।
पोखराको महेन्द्रपुलमा रहेको एभरेष्ट इन्सटिच्यूट अफ होटल म्यानेजमेन्टका शिक्षक र विद्यार्थीले सो बर्गर बनाएका हुन् ।
इस्टिच्यूटले सो बर्गर नेपालकै सबैभन्दा ठूलो भएको बताएको छ । सामान्य बर्गरमा नै प्रयोग गरिने वस्तु प्रयोग गरेर बर्गर बनाइएको हो । सो बर्गर बनाउन ६ घण्टाको समय लागेको इन्सटिच्यूटले जनाएको छ ।
तस्बिरमा हेर्नुहोस::
कमेन्ट गर्नुहोस्







