बसको टिकट पाउन बिहान ३ बजेदेखि नै सर्वसाधारको टिकट काउन्टरमा लाइन

Share:

काठमाडौं ।  दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा जाने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ थालेका हुन् ।

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन आईतबार टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको थियो ।दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।

दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण आईतबार बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि नै लाइनमा बसेका हुन् ।आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: