
पोखरा । रक्षा म्युजिक प्रा.लि.मार्फत बजारमा आएको ‘परदेशी मायालु’ गीत रिलिज भएको छ ।
गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीत युट्युबमा सार्वजनिक भएको हो । नायिका आँचल शर्मा र राम आर.एस.को अभिनय रहेको ‘कहिले काही त सम्झिएर फोन गर्दै गर, मैले जति माया गर्नी तिम्रो को नै छ र ?’ गीतले दर्शकको मन जित्ने आशा गरिएको छ ।
विकास सुवेदीको निर्देशन रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । यस्तै गीतमा संगीत प्रेम सागर पौडेलको रहेको छ भने शब्द रचना प्राप्ति पौडेलले गरेकी छिन् ।
भिडियोका लागि यहाँ थिच्नुहोस् ।
कमेन्ट गर्नुहोस्
