
कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीआज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जान लागेको हो ।
टोली आज राति सवा १० बजे सिल्क एयर मार्फत सिंगापुर प्रस्थान गर्नेछन् । सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ ।
यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्बाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
