हिसान कास्कीद्वारा निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

Share:

पोखरा ।  उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान कास्कीले गत भाद्र २७ गते शुक्रबार आयोजना गरेको नेपाली निवन्ध लेखन प्रतियोगिताको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

हिसान कास्कीमा आवद्ध रहेको ६५ विद्यालयका ९४ विद्यार्थीहरु विच विषयगत रुपमा दुई समुहमा आयोजना गरिएको प्रतियोगितामा विज्ञान संकाय तर्फबाट प्रसिद्धी ढुंगाना प्रथम भएकी छन् ।

यस्तै गैरविज्ञान(मानविकी/ब्यवस्थापन)संकाय तर्फबाट मिलन तिमेल्सिना प्रथम भए ।  प्रतियोगितामा प्रथम भएकी ढुंगाना जुनियर सिटिजन एकेडेमीमा अध्ययनरत रहेकी छन् भने तिमिल्सिना स्पाइरल न्यू ग्यालेक्सीमा अध्ययनरत रहेका छन् ।

यस्तै विज्ञान संकाय तर्फको प्रतिष्पर्धामा सगरमाथा स्कुलकी प्रेरणा श्रेष्ठ द्धितीय र डायमण्ड स्कुलकी अनुस्का दाहाल तृतीय र सिर्जना स्कुलकी अस्मि गुरुङ्ग सान्त्वना भइन् ।

यस्तै गैर विज्ञान तर्फ जुनियर सिटिजन एकेडेमीका गणेश बराल द्धितीय, पश्चिमाञ्चल माविका अनिष भट्टराई तृतीय भए भने डायमण्ड स्कुलकी अर्पना श्रेष्ठ सान्त्वना भइन् ।

नजिता सार्वजनिक गर्दै हिसानका सहसचिव नारायण शर्माले विभिन्न स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई हिसानको आगामी स्पोर्ट मिटका अवसरमा पुरस्कृत गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: