डकैती गर्दागर्दै ४ डाँका पक्राउ

Share:

जनकपुरधाम । जनकपुरधाममा डकैती गर्दागर्दै दुई भारतीयसमेत ४ जना डाँकु पक्राउ परेका छन् । आज बिहीबार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्नि्सिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको गौर घर भई जनकपुरधाम –४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद प्रसाद सिंह, रौतहटकै वृन्दावन नगरपालिका –१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला, वैरगनीया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम –४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्नि्सिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो। त्यसपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ ग¥यो । तर डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।

प्रहरीले चलाएको गोली लागि एकजना डाँकु घाइते समेत भएका छन् । घाइते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंहलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने बाँकी तीन जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: