सार्वजनिक यातायातमा विद्यार्थी सहूलियत नदिएको भन्दै अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

Share:

पोखरा । पोखरा महानगरपालिका भित्र चल्ने सार्वजनिक बसहरुमा विद्यार्थीहरुलाई छुट नदिएको विषयमा अनेरास्ववियु पोखरा महानगर कमिटीले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

विद्यार्थीहरुले तत्काल छुट दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। अनेरास्ववियुले प्रशासन प्रमुख रमेश कुमार केसी र नगर प्रमुख मान बहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको हो ।

स्मार्ट सिटी भित्रै विद्यार्थीले क्यापस, विश्वविद्यालय जाँदा पृथ्वीराजमार्गबाट संचालीत सार्वजनिक बसहरुमा छुट नदिएको भन्दै ज्ञापन पत्र बुझाएका हो । अनेरास्ववियु नगर कमिटि अध्क्षय विवेक त्रिपाठी सहितको टोलीले तत्काल विद्यार्थीहरुले सहज रुपमा छुट पाउनु पर्ने माग राखेको छ ।

‘सार्वजनिक यातायातमा विद्यार्थीलाई परिचय पत्रको आधारमा ४५ प्रतिशत छुटको व्यवस्थालाई गुण्डागर्दी शैलिमा पृथ्वीराजमार्ग बस व्यवसायी समितिले लादेको र विद्यार्थीलाई परिचय पत्रको आधारमा सहुलियत नदिएको हुनाले हामीले ज्ञापन पत्रको माध्यमबाट गम्भिर ध्यानाकर्षण गराएका हौँ,’ अध्यक्ष त्रिपाठीले भने ।

यो विषयमा सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गर्दागर्दै पनि बेवास्ता गरे आन्दोलन गर्न बाध्य हुने विद्यार्थी नेता विष्णु पोख्रलले बताए ।

ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रमेश कुमार केसीले विद्यार्थीले पाउनु पर्ने छुट रोकिएको कारण खोजेर तत्काल कार्यन्वयन गर्ने आश्वाशन दिए ।

यस्तै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले समस्या समधानका लागि पहल गर्ने बताए । विद्यार्थी नेता विनय पराजुली, महेश पौडेल, नरेन्द्र ढकाल, कृति भट्टराई, शिव गिरी लागायत ज्ञापन पत्र बुझाउन पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: