भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा

Share:

काठमाडौं। काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ ।

सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको सेमिफाइनल खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलका लागि यात्रा सुरक्षित गरेके हो ।

भुटानविरुद्धको खेलमा बंगलादेशका तानबिरले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने २७ औं मिनेटमा फाहिमले गोल गर्दा बंगलादेशको अग्रता २–० को बनेको थियो ।

त्यस्तै, खेलको ३२ औं मिनेटमा मिराजले गोल गर्दा बंगलादेशले पहिलो हाफमा ३–० को बलियो अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी दिपकले गोल गर्दै बंगलादेशलाई ४–० को फराकिलो जित दिलाए ।

कमेन्ट गर्नुहोस्
Share: