आज शनिबारदेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

1000
0
Share:

काठमाण्डौ।आज शनिबारदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् ।मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन ।

पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उनले बताए। यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उनले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ ।साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: