क्यानको चुनाव आज, कस्तो नेतृत्व पाउला क्यानले ?

Share:

काठमाडौं । आइसीसीको निलम्बन फुकुवा गर्न सक्ने प्रमुख चाबी मानिएको क्यानको चुनाब आज हुँदै छ। नयाँ नेतृत्वका लागि आज (शनिबार) १ बजे मतदान हुदैछ ।

आईसीसीले तयार गरेको स्वतन्त्र कमिटिले जारि गरेको उम्मेदवारको नामावली अनुसार १७ सदस्यीय कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्ष पदमा पूर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठ तथा सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट, प्रदेश ३ मा अमित बिर पाण्डे, कैलाश प्रधानले उम्मेदवारी दिएका छन् । प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिएकी छिन् । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्ने छन् । नतिजा घोषणा ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: