धादिङमा बस दुर्घटना, चार घाइतेको सेनाको हेलिकोप्टरमार्फत उद्दार

359
0
Share:

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना परेको हो ।

७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको जनाइएको छ । बस दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।

प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका–५ का चन्डे दमाई, सन्तमाया गुरुङ, दलबहादुर तामाङ, हस्तकुमारी तामाङ र लक्ष्मी गुरुङ छन् ।

घाइतेहरुको धादिङबेसीस्थित अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: