
काठमाण्डौ। नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरेका छन्।
सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । कास्की बाट सुरु भएको यस कार्यक्रम अहिले ७७ जिल्लामै लागु भएको छ । खुला दिसामुक्त अन्तिम जिल्ला भोजपुर थियो।
सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको छ । योसंगै नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ।
