
तनहुँ ।विपन्न समुदायलाई लक्षित गरी तनहुँको दमौलीमा कपडा बैंक स्थापना गरिएको छ । लायन्स क्लब अफ तनहुँले गरिव परिवारलाई मद्दत पुर्याउने उद्देश्यले कपडा बैंक स्थापना गरेको हो । चाडपर्वको समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने अवस्था सृजना हुने भएकाले उनिहरुलाई मद्दत पुर्याउन कपडा बैंक स्थापना गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आइतबार एक कार्यक्रमका बीच कपडा बैंकको उद्घाटन गर्दै कसैलाई कपडा धेरै हुने कपडाको व्यवस्थापन गरेर गरीव परिवारलाई सहज बनाउनु उद्देश्यका साथ सञ्चालन गरिएको कार्यको प्रशंसा गरे ।कपडा बैंक सञ्चालन पश्चान बन्दिपुर गाउँपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडामा रहेका सिमान्तकृत २५ जना चेपाङ परिवारलाई संकलन भएको कपडा वितरण गरिएको थियो ।
हुनेले दान दिनुहोस् र नहुनेले ढुक्कका साथ लैजानुहोस् भन्ने नाराका साथ स्थापना गरिएको कपडा बैंक तनहुँमा पहिलो हो । सामाजिक भावानाले कपडा बैंक स्थापना गरिएकोले जिल्ला समन्वय समिति तनहुँले निःशुल्क रुपमा कपडा बैंक सञ्चालन गर्ने स्थान उपलब्ध गराएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । लाउन हुने खालको कपडा मात्रै क्लबले राखेको छ । क्बललाई सहयोग प्राप्त नयाँ तथा लाउन हुने कपडा न्यून स्तरका आय आर्जन भएका परिवारलाई वितरण गर्ने लक्ष्य लिएको छ ।
