
पोखरा । लियो क्लब अफ पोखरा फिस्टेल सिटि र लियो क्लब अफ लेखनाथले मंगलबार फलफुल तथा खाद्यान्न वितरण गरेको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पोखराको खाल्टेमसिनामा रहेको वात्सायन वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको हो ।
फलफुल तथा खाद्यान्न वितरण गर्दै लियो क्लब अफ फिस्टेल सिटिका अध्यक्ष अशोक बरालले आगामी दिनहरुमा पनि आफूहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाए ।
सहयोग गरेकोमा आश्रम संचालक युवराज वाग्लेले धन्यवाद दिँदै भोलिका दिनमा पनि सहयोगको अपेक्षा रहेको सुनाए ।
कमेन्ट गर्नुहोस्
