गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने

698
0
Share:

काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारी गर्नुपर्ने भएकाले गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने भएका हुन् ।

अहिले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयले आवश्यक तयारी शुरु गरेको छ ।

राष्ट्रपति सीको सुरक्षा तैनाथीको योजना निर्माण, चुनौतीको पहिचान र पूर्व सूचना संकलनको काम एकसाथ भइरहेको छ गृह मन्त्रालयका एक अधिकारीले भने ।

गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणका बेला सबै कर्मचारी अनिवार्य रुपमा कार्यालय हाजिर हुनुपर्ने व्यवस्था गरेको छ । चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: