पोखराबाट लागूऔषधसहित चार जना पक्राउ

Share:

पोखरा । पोखराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-६ खहरे स्थित एक होटलबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम र लागूऔषध संघिय व्यूरो पोखराबाट खटिएको प्रहरी टोलिले शंका लागेर चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा-९ पृथ्वीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पर्सा घर भई हाल पोखराको पृथ्वीचोक बस्ने २८ वर्षीयसहिद अख्तर मियाँ र तनहुँको शुक्लागण्डकी-९ बस्ने २३ वर्षीय रजिया खातुन रहेका छन् ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन, प्लास्टिकको झोलामा राखेको अन्दाजी १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत फेला पारेको छ । पक्राउ परेका चारै जना माथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: